बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

उदित नारायणको स्वरमा नेपाल भाषाको गीत

दैनिक नेपाल २०७६ असोज १७ गते ७:५८

काठमाडौं । गायक उदित नारायण झाले नेपाल भाषामा गीत गाएका छन् । हिन्दी, नेपाली र भोजपुरी गीतमा स्वर दिइसकेका उनले अब नेपाल (नेवार) भाषाको गीत पनि गाएका हुन् ।

छंगु जिगु माया रतन नामक नेपाल भाषाकै सिनेमाको गीतमा उनी र उनकी श्रीमती तथा गायिका दीपा झाले पनि स्वर दिएकी छन् ।

सुखावती मल्टी प्रडक्सनको ब्यानरमा बन्ने सिनेमा दसैंपछि सुटिङ सुरू हुँदैछ । गीतको रेकर्डिङ भने भारतको मुम्बईमा भदौ ९ गते गरिएको छ ।

नील शाक्यको संगीतमा भूपेन्द्र बज्राचार्यले यसमा संगीत संयोजन गरेका हुन् । फिल्मका निर्देशक तथा गीतका रचनाकार सुरेन्द्र तुलाधर हुन् । गीतलाई त्यस फिल्ममा र दीपा महर्जनको सरप्राइज एल्बममा पनि राखिने शाक्यले बताए ।

उदित नारायणले यसअघि नै ३५ भाषामा गीत गाइसकेका छन् । यो उनको ३६औं भाषामा गीत रेकर्डिङ भएको हो । झाले गीत रेकर्डिङका क्रममा गाइरहेको भिडिओ पनि सार्वजनिक गरिएको छ ।

भिडिओमा उदितले नेवार भाषामा गाइरहेका देखिन्छन् । उनलाई गाउन कठीन हुने सोचे पनि सरल रुपमै गाएको नील शाक्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित