सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

राजपाकाे संयाेजकमा ठाकुर, पार्टीभित्र झन् विवाद

दैनिक नेपाल २०७६ असोज १७ गते ७:५४

काठमाडौं, १७ असाेज । राष्ट्रिय जनता पार्टी (राजपा)मा महन्थ ठाकुर संयोजक बनेर आएपछि विवादले झन् उग्ररुप लिने चर्चा शुरु भएको छ ।

भारतको आर्शीवाद लिएर आएका ठाकुरले संयोजक पद पाएका हुन् । केही समय अगाडि नयाँदिल्ली पुगेर ठाकुरले आफू रहँदासम्म राजपाको संयोजक पद बनाइदिन आग्रह गरेको चर्चा बबरमहलस्थित पार्टी मुख्यालयमा हुने गरेको छ ।

ठाकुरको यो चाहना पूरा हुने छाँटकाँट छैन । किन भने राजपाको विधानले नै दुई–दुई महिनामा संयोजक फेरिन कार्यविधिले ठाकुरलाई पुनः तनाव भएको छ ।

राजपा नेपालमा परिवारवाद भित्र्याएका ठाकुर पार्टीमा कमजोर मानिन्छन् । बरु राजपाभित्र बिचार र कार्यकर्ताका माझमा राजकिशोर यादव र अनिलकुमार झा चर्चित छन् ।

ठाकुरलाई पार्टीको महाधिवेशन गर्न दवाव बढ्दै आएको छ । तर, ठाकुरले के गर्छन् थाहा छैन । भारतीय राजदूतावासले पनि ठाकुरलाई पार्टीको महाविधेशन गरेर नयाँ नेतृत्व ल्याउन सुझाव दिएको स्रोतले जनाएको छ ।

हरेक निर्णय गर्दा भारतको मुख ताक्ने गरेका राजपाको अध्यक्षमण्डलका सदस्यहरूले आदेश कुर्ने गरेको चर्चा छ । भारतको विरोध गर्न नरुचाउन ठाकुरलाई आगामी दिनहरू तनावपूर्ण रहनेछन् ।

आफू बाहेक अन्य नेताहरू संयोजक हुँदा असहयोग गरेका ठाकुरलाई अन्य नेताहरूले पनि असहयोग गर्ने पक्का छ । स्रोतका अनुसार ठाकुरलाई असफल बनाउन सबै नेताहरू एक ठाउँमा आएको चर्चा छ ।

केही नेताहरू संयोजक बनेका बेला ठाकुरले बैठक नै राख्न दिएका थिएनन् । अर्को रोचक कुरा त के छ भने ठाकुर अध्यक्षमण्डलका अन्य सदस्यहरूको कोठामा जान पनि मन गर्दैनन् ।

नेतृत्वमा रहन र शक्तिको आडमा हालिमुहाली गर्न खोज्दै आएका संयोजक ठाकुरलाई राजदूतावासले पार्टी चलाउन पैसा पठाइदिएको स्रोतले जनाएको छ ।

रकम लिन राजपाको अध्यक्षमण्डलका एक जना सदस्य दूतावासभित्र पुगेको बबरमहल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित