१४ कार्तिक २०८३, शनिबार

महिलाको मुख बाँधिएको र शरीरमा चोट लागेको अवस्थामा शव फेला

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १७ असाेज । महोत्तरीमा मागेर खाने एक महिलाको बलात्कार गरी हत्या भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका १० थापाटोलस्थित मरहा नदी किनारमा हत्यागरी फालेको अवस्थामा बिहीबार बिहान अन्दाजी ३५/४० वर्षकी महिलाको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा महिलाको कसैले बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयले बताएको छ ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले महिलाको हत्या भएपनि मेडिकल रिपोर्ट आएपछि मात्र बलात्कार भएको हो वा होइन भन्ने भन्न सकिने बताए ।

उनका अनुसार विहान १० बजेतिर खबर आएपछि अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिहरको छ ।

मृतक महिलाको मुख बाँधेको छ भने शरिरमा र छेउछाउ रगतको थोपाहरू देखिन्छ । सुस्त मनस्थितिकी महिला स्थानीय गाउँघरमा मागेर खाने गरेकी थिइन् ।