११ मंसिर २०८३, शुक्रबार

महराविरुद्ध पूर्वसहकर्मी भट्टराईको सनसनीपूर्ण टिप्पणी– शक्तिको आडमा स्त्रीगमन गर्ने ?

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । रोशनी शाही बलात्कार अभियोगको छानबिनका लागि राजीनामा दिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि उनका पूर्वसहकर्मी तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सनसनीपूर्ण टिप्पणी गरेका छन् ।

उनले सत्ता र शक्तिको आडमा स्त्रीगमन गर्ने ? भनेर महरालाई सोधेका छन् । माओवादी जनयुद्धका क्रममा सांस्कृतिक विचलनको विषयलाई उठाउने भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकएर धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने !’

डा. भट्टराईले अगाडि जोडेका छन्,‘परपुरूषगमन गरेबापत अर्को पुरूष लोग्नेले घरनिकाला गर्ने ! यो राम–रावण द्वन्द्वमा सीतालाई बली चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति सांस्कृतिक क्रान्ति, कणहरू ?’