
काठमाडौँ, १६ असोज । सुनको भाउ फेरि बढेको छ ।
बिहीबार सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारको तुलनामा बिहीबार तोकिएको मूल्य तोलामा ११ सय रुपैयाँले बढि हो । सुनको सँगै चाँदीको भाउ पनि बढेको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो। चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया