११ मंसिर २०८३, शुक्रबार

प्रहरीको भ्यानकाे ठक्करले माेटरसाइकल सवार एक युवकको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, १५ असोज । प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एकको मृत्यु भएको हो भने अर्का एकजना घाइते भएको छन् ।

वुधबार प्रहरीको भ्यानको ठक्करले मृत्यु हुने युवक धनुषाको धनौजी घर भई हाल जनकपुर ४ मा डेरा गरी बस्ने १८ वर्षीय मनीष मण्डल रहेको जनकपुर अञ्चल अस्पतालले जनाएको छ ।

घाइते भएका अर्का युवक जनकपुर ४ बस्ने १६ वर्षीय नजीरुल अंसारीको उपचार अहिले अञ्चल अस्पतालमा भइरहेको छ ।
अनटेस्ट २२० पल्सर मोटरसाइकल र धनुषा प्रहरीको ना १ ग ४७९ नम्बरको प्रहरी भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार प्रहरीको ठूलो भ्यान सरसफाई गरी फर्किरहेको बेला अत्यधिक गतिमा आएको मोटरसाइकल अनियन्त्रित भई गाडीमा ठोक्किएर दुर्घटना भएको हो ।