
काठमाडौँ, १५ असोज । बलात्कारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयको वेबसाइटबाट पनि हटाएको छ । संघीय संसदको प्रतिनिधिको वेबसाइटबाट महराको नाम हटाइएको हो ।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले महरालाई बलात्कारको आरोप लगाएपछि उनले मंगलबार सभामुखबाट राजीनामा दिएका थिए । उनको राजीनामा आएको संसद सचिवालयले बुधबार सूचना टाँस गरी जानकारी दिएको छ ।
महराले राजीनामा दिएको बारे संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सूचना जारी गरेसँगै संसदको वेवसाइटबाट महराको नाम हटाइएको हो ।
साइटमा सम्माननीय सभामुख भन्ने कोठामा नाम र फोटो हटाइएको छ । त्यसभन्दा तल डा. शिवमाया तुम्बाहम्फेको नाम माननीय उपसभामुख भनेर राखिएको छ ।












प्रतिक्रिया