४ कार्तिक २०८३, बुधबार

गायक पाण्डेकाे स्वरमा रिलिज भयो ‘परदेशीको दशैँ तिहार’

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक भुपु पाण्डेको स्वरमा ‘परदेशीको दशैँ तिहार…’ बोलको गीत रिलिज गरेका छन् । आफ्नै स्वर, संगीत र एरेञ्ज रहेको गीतका शब्द भने भुपेन्द्र बुढाथोकीले लेखेका हुन् ।

दशैँ र तिहार जस्ता ठूला चाढपर्वका बेला आफन्तहरूसँग छुटिदाको पीडालाई गीतमा देखाउन खोजिएको गायक पाण्डेले बताएका छन् ।

‘यस पटक दशैँ र तिहारसम्बन्धी गीत बनाउने खासै तयारी थिएन’, उनले भने, ‘अकस्मात गीत बनाउने कुरा भयो । गीत रेकर्ड गरियो । म्युजिक भिडियो बनाएर रिलिज गर्‍यौँ ।’

म्युजिक भिडियोमा कमल सिंह, सृष्टि आचार्य, रिजोन थापा, ज्वाला राई लगायतको अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई गोदावरी नगरपालिकाको चापागाउँ नजिकैको घरमा भएको छायाँकन गरिएको हो । म्युजिक भिडियोका छायाँकार योगेश दाहाल हुन् ।