भरतपुर, १५ असाेज । चितवनको जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ ।
धादिङ गजुरी गाँउपालिकाका ३६ वर्षीय साइँला भनिने राजकुमार राईको मृत्यु भएको कारागारले जनाएको छ। राई कलेजोका क्यान्सर पीडित रहेका थिए ।
उनलाई केन्द्रीय कारागार काठमाडौंबाट उपचारका लागि असोज २ मा चितवन ल्याइएको थियो। राईको उपचारकै क्रममा सोमबार राति १२ बजे बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
राईले जबरजस्ती करणी मुद्दामा २०७३ सालमा ६ वर्षको कैद सजाय पाएका थिए। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।
चितवन काराकारमा २०७६ वैशाखयता तीनजना कैदीको मृत्यु भइसकेको छ। गतको जेठ ३ मा सरिता थिङ्ग र असार ७ मा भरतबहादु थापा मगरको क्यान्सरकै कारण मृत्यु भएको थियो ।












प्रतिक्रिया