६ कार्तिक २०८३, शुक्रबार

ग्यालेक्सी एम ३० एस नेपाली बजारमा, यस्ता छन् विशेषता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स र स्मार्टफोन बजार, सामसङले हालै टेकप्रेमीयुवाहरुका लागि नयाँ ग्यालेक्सी एम स्मार्टफोन प्रस्तुत गरेको छ ।

आफ्नो विद्यमान ग्यालेक्सी एम स्मार्टफोनहरुको लाइनमा अब एम ३०एस पनि समावेश भएको छ । ग्यालेक्सीका एम लाइनमा–एम १०, एम २० तथा एम ४० समावेश छन् । यस फेस्टिभ सीजनमा उपभोक्ताहरूको लागि अब सामसङको शक्तिशाली विकल्प रहेको छ ।

ग्यालेक्सी एम ३०एसमा शक्तिशाली ६००० एमएएच व्याट्री रहेको छ । जुन व्याट्री पूरै एक दिनभन्दा धेरै टिक्दछ । यसलाई एक पटक चार्ज गरेपछि २९ घण्टाको भिडियो प्लेब्याक, ४९ घन्टाको भ्वाइस कल, १३१ घन्टा भन्दा बढी म्यूजिक प्लेब्याकको सुविधा प्राप्त गर्न सकिन्छ । यसमा टाईप सी १५ वाटफास्ट चार्जर रहेको छ । ६००० एमएएचको शक्तिशाली ब्याट्री लाग्ने बाजबुत, ग्यालेक्सी एम ३० एस केवल ८.९ मि.मी. पातलो रहेको छ भने यसको वजन १८८ ग्राम मात्र रहको छ ।

‘ग्यालेक्सी एममा यसअघि प्रयोग नभएको प्रविधिलाई उपयोग गरिएको छ । यसमा भएको सुपर एमओलेड डिस्प्ले, ४८ मेगा पिक्सलको क्यामरा, जस्ता सुविधाहरुले आजका युवापुस्ताले सहजै मन पराउने छन्’, सामसङ मोबाइल विजिनेस हेड प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी एम ३०एसमा ६.४ इन्च एफएचडी + सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले, जो धेरै सुविधाजनक र भाइव्रेन्ट करहरुयुक्त रहेको छ । यसमा Widevine L1 को सर्र्टििफकेसन छ, जसले उपभोक्ताहरूलाई विभिन्न स्ट्रीमिंग प्लेटफर्महरुमा हाईडेफिनिशिन कन्टेन्ट हेर्न सक्ने सुविधा प्रदान गर्दछ । ग्यालेक्सी एम३० एसमा ट्रिपल रियल क्यामेरा रहेको छ जसको मुख्य क्यामेरामा ४८ मेगापिक्सलको रहेको छ, जसले उपभोक्ताहरुलाई आकर्षक फोटो लिन मद्दत गर्दछ ।

ग्यालेक्सी एम३० एसमा ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स रहेको छ, जुन १२३ डिग्री फिल्ड अफ व्यू को साथ उपलब्ध छ, यसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो कैद गर्न सक्षम हुन्छ । ग्यालेक्सीएम ३०एसमा ५ मेगा पिक्सलको क्यामरा लाइभ फोकस फिचरको साथ उपलब्ध छ । यसमा १६ मेगापिक्सल फ्रन्ट क्यामेरा सेल्फी फोकस र इन–डिस्प्ले फ्ल्यास रहेको छ ।

ग्यालेक्सीएम ३० एस क्यामेरामा AI-backed Scene Optimizer तथा intelligent Flaw Detector फिचर उपलब्ध रहेको छ । ग्यालेक्सी एम३० एसले २० प्रकारका सिनहरु जस्तै फुड, सिनरी आदिलाई सहजै पहिचान गर्न सक्दछ । कम उज्यालोमा फोटो खिच्नको लागि नाइट मोडपनि रहेको छ । ग्यालेक्सी एम३०एसमा उत्कृष्ट भिडियो खिच्न सक्ने क्षमता छ । ग्यालेक्सी एम३०एसमा भिडियो, सुपर स्लो मो, सुपर स्टेडी र हाइपरल्याप्सको रेकर्ड गर्न पनि सकिन्छ ।

ग्यालेक्सी एम ३० एस मा पूर्ण नयाँ Exynos 9611 Octa-Core processor रहेको छ । यसले २.३ गिगाहर्जको गति प्रदान गर्दछ । गेम खेल्दा होस् या अन्य ग्राफिक्स सम्बन्धी कार्य गर्दा उत्कृष्ट कार्य क्षमता प्रदान गर्दछ । यसमाMali G72 MP3 ग्राफिक्स प्रोसेसिङ्ग युनिट  प्रयोग अत्यन्त सुरक्षित रहेको छ ।

ग्यालेक्सी एम ३० एस GB र्याम ६४ GB स्टोरेज तथा ६ GB र्याम १२८ GB स्टोरेजका साथ उपलब्ध रहेको छ । यसको खरिद मूल्य रु.२७, ९९० (४ GB + ६४ GB) र रु.३३,५९० (६ GB + १२८ GB) तोखिएको छ । यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, सेतो तथा कालोमा उपलब्ध रहेको छ ।