११ मंसिर २०८३, शुक्रबार

मन्त्री पण्डितद्वारा प्रहरी विट तथा नागरिक सहायता कक्ष हस्तान्तरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १४ असोज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विराटनगर महानगरपालिका-११ स्थित विराटनगर बसपार्कको हाताभित्र नवनिर्मित प्रहरी विट तथा नागरिक सहायता कक्षको उद्‌घाटन गरी  जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा मन्त्री पण्डितले शान्ति सुरक्षा जस्तो अत्यन्तै महत्वपूर्ण, संवेदनशील तथा चुनौतीपूर्ण कार्यमा खटिने प्रहरीलाई सबै भन्दा उत्तम र पर्याप्त साधनश्रोत उपलब्ध गराउन सकेमा अपराधको रोकथाम, अनुसन्धान र शान्ति ब्यवस्था कायम गर्न सहज हुने बताए । यसबाट नागरिकले अझ छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्राप्त गर्न सक्ने उनले उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले नवनिर्मित प्रहरी विटले बसपार्क, यातायात तथा यात्रुहरूको सुरक्षाका साथै प्रहरी सेवा प्रवाहको गुणस्तरमा अभिबृद्धि हुने विश्वास व्यक्त गरे । आजैबाट उक्त कक्षबाट चाडवाड लक्षित यात्रु सहायता डेस्क समेत संचालनमा ल्याइएको उनले जानकारी दिए ।

विराटनगर बसपार्क व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदम कुमार श्रेष्ठले बसपार्कमा भएको हालसम्मको निर्माण तथा भावी योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेे ।