४ कार्तिक २०८३, बुधबार

जनता बैंकको ३ दिने बैंकिङ साक्षरता र आधारभूत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ असोज । जनता बैंक र नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका–२ र ३ मा तीन दिने बैंकिङ साक्षरता तथा आधारभूत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ ।

यही असोज ११, १२ र १३ गते गरी ३ दीन सम्म संचालित कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनिधिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु, उक्त क्षेत्रमा रहेका सहकारीका कर्मचारीहरु, विद्यालयका शिक्षकहरु र कुशादेवी क्याम्पसका विद्यार्थीहरु गरी करिव १०० जना वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएका थिए ।

त्यसैगरी वडा नं. २ र ३ को दैविप्रकोप जोखिम न्यूनीकरण समितिले वडाका भौगोलिक क्षेत्र समेटीने गरी छनौट गरेका २४ जना सहभागीहरुलाई मान्यता प्राप्त प्रशिक्षकद्वारा पाठ्यक्रममा आधारित ३ दिने आधारभूत प्राथमिक तालिम प्रदान गरिएको थियो ।

तालिम लिएका व्यक्तिहरुले गाउँमा आइपर्ने कुनै घटनाबाट घाइते हुन पुगेकाहरुलाई प्राथमिक उपचार गरी नजिकको स्वास्थ्य संस्थामा पठाउन सक्नेछन् ।