
काठमाडौँ, १४ असोज । याैन दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महराले नेकपाका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेट गरिसकेका छन् । सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् ।
सभामुख महरालाई राजीनामा शीर्ष नेतृत्वले संकेत गरिसकेको छ । महराले आजै राजीनामा दिन सक्ने सम्भावना रहेको छ । स्रोतका अनुसार महरासामु राजीनामा दिनु वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प छैनन् ।
महरालाई संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई याैन वुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ ।












प्रतिक्रिया