मुम्बइ । बलिउड फिल्म ‘सोले’का कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेका उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा बिहान ६ः५५ मा निधन भएको हो । अस्पतालमा मर्न नचाहेकाले उनलाई केही दिनअघि मात्र घर फर्काइएको थियो ।
खोटेले सोलेबाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए । उनले ‘अन्दाज अपना अपना’ मा निभाएको ‘रोबर्ट’ को भूमिका पनि चर्चित छ । सो फिल्ममा उनले बोल्ने डाइलग ‘गल्ती से मिस्टेक हो गया’ लाई पनि निकै रुचाइएको थियो ।
रोचक कुरा के भने ‘सोले’बाट अत्यधिक चर्चा पाए पनि खोटेको सो फिल्ममा जम्मा दुई सिन मात्र थियो । सोले सुपरहिट भएपछि उनले गब्बर सिंहको भूमिकामा अभिनय गरेका अमजद खानसित अरू पनि धेरै फिल्ममा सँगै काम गरे ।
सन् १९४१ मा मुम्बईमा जन्मेका खोटे सन् १९६४ देखि बलिउडमा सक्रिय थिए । ‘मल्टिपल अर्गान फेलर’ का कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।















प्रतिक्रिया