ललितपुर, १४ असोज । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले वामदेव गौतमलाई चकित तुल्याइदिएका छन् ।
ललितपुरको सैंबुमा सोमबार आयोजित कार्यक्रमाम सहभागी हुन पुगेका ओली अकस्मात गौतमको निवासमा प्रवेश गरेपछि धेरैले आश्चर्य व्यक्त गरे ।
गौतमले पनि स्वयं पूर्वजानकारी नगराइकन प्रधानमन्त्री ओली आएको भन्दै आश्चर्य व्यक्त गरे । गौतमले ‘तपाई बेलाबेला यसै गरी जानकारी नै नदिइकन आउनु हुन्छ’ भनेर ठट्टा गरेका थिए ।
तीन–चार महिना अगाडिसम्म ओली र गौतमबीचको सम्बन्ध तिक्ततापूर्ण थियो । पछिल्लो समय ओली–गौतमको हिमचिम निकै छ । नेकपाभित्र ओली–गौतमको सम्बन्धलाई लिएर धेरैले आश्चर्य व्यक्त गर्ने गरेका छन् ।
ललितपुरको भैँसेपाटीको आवास क्षेत्रमा गौतमको भव्य भवन छ ।
प्रधानमन्त्री ओली केही समय गौतमको निवासमा बसेका थिए । त्यसपछि ओलीसहितका नेकपाका नेताहरूले सामूहिक तस्वीर खिचाएका थिए ।
गौतमको निवासमा प्रधानमन्त्रीसँगै उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका महासचिव विष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया