६ कार्तिक २०८३, शुक्रबार

माथिल्लो अरुण जलविद्युत् आयोजनाका सहयोग गर्ने विश्व बैंककाे प्रतिवद्धता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असोज । विश्व बैंकले नेपालको समग्र ऊर्जा क्षेत्रको विषयमा चासो व्यक्त गरेको छ ।

विश्व बैंकका Demetrios Papathanasiou सहितको प्रतिनिधिमण्डलले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनसँग आज सिंहदरबारमा भेट गर्दै नेपालको ऊर्जा क्षेत्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेको हो ।

विद्युत् क्षेत्रको सुधारका निमित्त नेपाल सरकारले गरेका काम उपलब्धिमूलक रहेको भन्दै उनीहरूले धन्यवाद ज्ञापन गरेका छन् । विश्व बैंकका प्रतिनिधिमण्डलले १०६० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि थप लगानी जुटाउन आफूहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

ऊर्जामन्त्री पुनले माथिल्लो अरुणलगायत नेपालको ऊर्जा क्षेत्रमा विश्व बैंकले गरिरहेको सहयोगप्रति धन्यवाद दिँदै लगानी विस्तार गर्न आग्रह गरेका थिए ।

विश्व बैंकको ऋण सहयोगमा निर्माणाधीन ३७ मेगावाटको काबेली जलविद्युत् आयोजना सन्तोषजनक ढंगले काम अगाडि नबढेकोमा भने उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, अर्थ मन्त्रालय र विश्व बैंकका प्रतिनिधिको संयुक्त बैठक बसेर यसलाई ठोस निष्कर्षमा पुर्याउनुपर्ने बताए ।