
काठमाडौँ, १३ असोज । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौँको अनामनगर र चितवनको सौराहामा असोज १३ गतेदेखि सञ्चालनमा आएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे समुद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरे ।
आजै चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको समुद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरे ।
यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।















प्रतिक्रिया