११ मंसिर २०८३, शुक्रबार

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १३ असोज । सल्यानको बनगार कुपिण्डे नगरपालिका २ गोरूघाट भन्ने स्थानमा भेरी नदीको किनारमा करिब ५५ वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका ७ भैरवस्थान बस्ने ३९ वर्षीया भगवती श्रेष्ठ सोही ठाउँस्थित गुहे खोल्सामा सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २ पुष्पलाल चोक भन्दा करिब १ सय ५० मिटर पर दाङ पुरन्धारा गाउँपालिका ४ हंसपुर घर भएका गणेश नेपाली सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी, सुनसरीको ईटहरी उपमहानगरपालिका १४ गैसार बस्ने हरि गुरुङको ७ वर्षीय छोरा कृष्ण गुरुङ सोही उपमहानगरपालिका १२ पुरानो ट्रान्सपोर्ट्स्थित सडकको नालीमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको मोहन्याल गाउँपालिका ८ बस्ने सूर्य बहादुर राना मगरको १२ वर्षीय छोरा शिशिर रानामगर खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

तालबन्द घुम्न गएका उनी साँझ घर फर्कने क्रममा सोही ठाउँस्थित बाँझपानी खोलाले बगाई बेपत्ता भएकोमा सोही ठाउँस्थित झुल्केपानीमा मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।