
धादिङ, १३ असोज । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेमोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोकका २९ वर्षीय राजीव गुरुङ रहेका छन् ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको स्वराज गाडीले विपरित दिशातर्फ जाँदै गरेको बा ९५ प ९७७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक इलामका ३० वर्षीय मिलन राई घाइते भएका छन् । उनको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया