११ मंसिर २०८३, शुक्रबार

भैँसेपाटीमा बन्ने भए भीआईपी भवन, प्रधानमन्त्रीले गरे शिलान्यास

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको आज सैँब आवास क्षेत्र, भैँसेपाटीमा शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार पूर्वाधार र विकासका हरेक क्षेमा तीव्र विकास गर्दै समृद्ध नेपालको परिकल्पनाका साथ अघि बढेको बताए ।

उनले लोककल्याणकारी राज्यको स्थापना गर्दै कोही पनि नागरिक भोकै मन नपरोस् भन्नका लागि गरेर लक्षित कार्यक्रमको अनुदानलाई बिचौलियाले खाने प्रवृत्तिमा सुधारेर लक्षित वर्गमा पुर्याउने बताए ।

उनले भने, ‘हामी देखिने गरी सामाजिक रुपान्तरण र परिवर्तनको दिशामा छौँ । अब कोही पनि बेसहारा भएर सडकमा रहनु पर्दैन । त्यस्ता कोही अलपत्र नागरिक देखिएमा सरकारलाई खबर गर्नुहोला ।’

उनले अगाडि भने, ‘हरेक दिन नेपाल एक कदन अगाडिको नारा मैले दिएको छु । ठेकेदार भागेका कारण ढिलाइ भएको मेलम्ची आयोजना अब छिट्टै सम्पन्न हुनेछ । गैह्रमुद्धालाई मुद्धा बनाएर विरोध गर्नेहरु थाक्लान् तर, सरकार आफ्नो बाटोमा अडिग रहनेछ ।’

कुल २७ रोपनी १२ आना जग्गामा रु ९७ करोड ११ लाखको लागतमा आगामी दुई वर्षभित्र निर्माण हुने भवनको शहरी विकास तथा भवन निर्माण विगाले आज आयोजना गरेको कार्यक्रममा शिलान्यास गरिएको हो ।

‘केसी समान्तर जेबी कम्पनी’ले निर्माण गर्ने सो स्थलमा सात प्रदेशका लागि सात ब्लक र प्रत्येक ब्लकमा तीन/तीन तले दुई भवन गरी कुल १४ अत्याधुनिक र सुविधा सम्पन्न भवन बन्नेछ ।