११ मंसिर २०८३, शुक्रबार

पार्किङ गरी राखेको माइक्रोबस तोडफोड गर्ने २ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा पार्किङ गरी राखेको बा.४ ख २०५६ नम्बरको हाईस माइक्रोबस तोडफोड गर्ने कार्यमा संलग्न २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बालाजु बस्ने गोरखा मैलुङ गाउँपालिका-८ घर भएका २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारी घर भएका २२ वर्षीय हिमाल खड्का रहेका छन् ।

मादक पदार्थ सेवन गरेका उनीहरुले माइक्रोबस तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तोडफोडबा माईक्रो बसको अगाडी र दाहिने साईडको सिसामा क्षति पुगेको छ ।