
विराटनगर, १३ असाेज । विराटनगरमा एक थान अमेरिकन पेस्तोलसहित दुई युवा सुनसरीबाट पक्राउ परेका छन् ।
आइतबार बिहान विराटनगरस्थित प्रदेश-१ कार्यालय र सुनसरीबाट खटिएको प्रहरी टोलीले पेस्तोलमा लाग्ने दुई थान म्यागाजिन र ३ राउण्ड गोलीसहित सुन्दर हरैँचा नगरपालिका ५ का २७ वर्षीय करणकुमार चौधरी र २१ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरिएको दुहवी प्रहरीले पुष्टि गरेको छ ।
उनीहरूलाई नेपाल-भारत सीमा नजिक बर्जु गाउँपालिका-३ अमडुवामबाट शंस्कापद अवस्थामा हिँड्दै आउँदा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहवीका इन्चार्ज प्रहरी निरीक्षक प्रविण कार्कीले जानकारी दिए ।
उनका अनुसार पक्राउ भएका युवाबाट लागुऔषधसमेत फेला परेको छ। उनीहरूको साथबाट १ सय ४० एम्पुल लागुऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया