१४ कार्तिक २०८३, शनिबार

खुकुरी प्रहारबाट एक जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रसुवा, १२ असोज । पश्चिमी रसुवाको हाकुमा खुकुरी प्रहारबाट आज एक युवा घाइते भएका छन् । घाइते हुनेमा आमाछोदिङ्मो गाउँपालिका–१ ठूलोहाकुका ३५ वर्षीय मिङ्मार सिङ्गी तामाङ छन् ।

टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि एम्बुलेन्समा काठमाडौँ पठाइएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिनुुभयो । खुुकुरी प्रहार गर्ने सोही ठाउँका ५६ वर्षीय सिंहबहादुर तामाङलाई प्रहरीले नियन्त्रमा लिएको छ । –रासस