
ललितपुर, १२ असोज । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले विश्व मुटु दिवसका अवसरमा आइतबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ लायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काको सहयोगमा अस्पतालले अस्पताल प्राङगणमा शिविर आयोजना गरेको हो ।
मुटु दिवसका अवसरमा अल्का अस्पतालले विरामीहरुका लागि विभिन्न ल्याव परीक्षणमा छुट दिएको छ ।
इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गरिएको अल्का अस्पतालले जनाएको छ ।
मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु निःशुल्क गरिएको अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ)े दिलिप थापाले बताए ।
उनका अनुसार निःशुल्क शिविरमा जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिएको छ ।शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्ममा एक पटक फलोअपमा आउँदा ओपिडी चार्ज नलाग्ने अस्पतालले जनाएको छ ।
विश्वमा हरेक वर्ष मुटु सम्बन्धि १७ लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा भने २६ लाख मानिसमा कुनै न कुनै मुटु सम्बन्धि रोग लागेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख रहेको छ ।
धुमपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक व्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।












प्रतिक्रिया