
काठमाडौँ, १२ असोज । नेपाल पर्वतारोहण संघले पत्रकार भरतबन्धु थापालाई दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।
नेपाल पर्वतारोहण संघले थापालाई नेपालको पर्यटन क्षेत्रमा शब्द , चित्र तथा भिडियोबाट योगदान पुर्याएको भन्दै नगदसहित सम्मान गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नगद १८ हजार ७ सय ५० रुपैयाँसहित सम्मान पत्र प्रदान गरे ।
विगत पन्ध्र बर्षदेखि तस्वीरको माध्यमद्धारा पर्यटन प्रर्वद्धन गदै आएका थापाले वाईल्ड वेष्ट नेपाल र गन्तव्य कर्णाली फोटो किताव प्रकाशन गरिसकेका छन् ।
संघले थापासँगै जुली गुरुडलाई समेत पुरुसकार प्रदान गरेको छ ।












प्रतिक्रिया