सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

क–कसले जिते आइफा अवार्ड ?

दैनिक नेपाल २०७६ असोज १२ गते ७:३०

मुम्बई । बुधबार मुम्बईमा सम्पन्न आइफा अवार्ड २०१९ मा उत्कृष्ट अभिनेताको उपाधि फिल्म पद्ममावतका लागि रणवीर सिंहले पाएका छन् ।

आलिया भट्टले राजीबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन् । फिल्मतर्फ पनि राजी नै उत्कृष्ट भएको छ ।

अन्धाधुनका लागि उत्कृष्ट निर्देशकको अवार्ड श्रीराम राघवनले पाएका छन् । चरित्र अभिनेता (सपोर्टिङ एक्टर) को अवार्ड सञ्जुबाट विक्की कौशलले र अभिनेत्रीमा पद्मावतका लागि अदिती राव हैदरले पाएकी छन् ।

दीपिका पादुकोणले चेन्नाइ एक्सप्रेसका लागि उत्कृष्ट अभिनेत्रीको विशेष अवार्ड पाएकी छिन् । आइफा बिग २० अवार्ड भने फिल्म थ्री इडियट्सका लागि निर्देशक राजकुमार हिरानीले पाएका छन् । आइफा बिग २० अन्तर्गत प्रीतमले ए दिल है मुश्किलका लागि अवार्ड जितेका छन् ।

पुरस्कार

उत्कृष्ट अभिनेता – पद्ममावतका लागि रणवीर सिंह, उत्कृष्ट अभिनेत्री – राजीबाट आलिया भट्ट, उत्कृष्ट डेब्यू अभिनेत्री – केदारनाथबाट सारा अली खान, उत्कृष्ट डेब्यू अभिनेता – धडकबाट इशान खट्टर, उत्कृष्ट फिल्म – राजी, उत्कृष्ट संगीतकार – सोनुके टिटुकी स्विटीका लागि अमाल मलिक, गुरु रान्धवा, शौरभ–भैरव, रोचक कोहली, हनी सिंह र ज्याक नाइट ।

प्रतिक्रिया
सम्बन्धित