काठमाडौं, १२ असाेज । नेपाली कांग्रेस नेता गगन थापाले सिंहजस्तो गर्जिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कांग्रेसले सिकारी भएर ढालिदिने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित दसाैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता थापाले सिंहजस्तो गर्जिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई कांग्रेसले सिकारी भएर ढालिदिने बताएका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सिंहजस्तो भएकाले कसैले चलाउन नसक्ने र केही वर्षमा नै नेपालमा एउटै मात्र पार्टी रहने बताएका थिए । त्यसको जवाफ थापाले दिएका हुन् ।
‘सिंहजस्तो गर्जनेछौं भनेर सार्वजनिक कार्यक्रममा प्रचण्डले बोल्नुभएछ, सिंहजस्तो गर्जिने नेकपालाई कांग्रेस सिकारी भएर ढाल्छ, त्यो भन्ने तागत हामीले राख्न सक्नुपर्छ,’ थापाले भने ।
थापाले नेकपा कपाल नभएको मान्छेलाई काइयो बेच्न सक्ने पार्टी भएको आरोपसमेत लगाए । उनले नेकपाले चीनको कम्युनिस्ट पार्टीको विचार नेपालमा लिएर आउँछौं भनेर आफ्नो विचारलाई नेकपाले बेचेको समेत जनाए ।












प्रतिक्रिया