१४ कार्तिक २०८३, शनिबार

गुडिरहेको बसमा ढुङ्गा खस्यो, चालक घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुपन्देही, ११ असोज । सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा नजिकै गुडिरहेको बसमा ढुङ्गा खस्दा बसका चालक गम्भीर घाइते भएका छन् ।

पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुबाहक बसमा ढुङ्गा खस्दा बसका चालक तिलोत्तमा नगरपालिका वडा नं ४ बस्ने ३५ वर्षीय कमल राउत घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।

आज दिउँसो साढे १ बजे पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ माथिल्लो सिद्धबाबा नजिकै हेडबक्स माथिबाट ढुङ्गा खसेको थियो ।

ढुङ्गाले टाउकोमा लागेर गम्भीर घाइते भएका राउतको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार अरु यात्रु भने सकुशल रहेको प्रहरी नायब निरीक्षक खनालले जानकारी दिनुभयो । –रासस