११ मंसिर २०८३, शुक्रबार

बसको ठक्करबाट एक जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, ११ असोज । दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ दामोदर चोकमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

घोराही बस पार्कबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख २१०६ नं.को बसले रा १ प ४१७९ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष १७ को प्रदिप जि.सी.को मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका घोराही उपमहानगरपालिका वडा नं.१५ थारु गल्ली बस्ने वर्ष १६ को सन्तोष चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य उपचार पश्चात नेपालगञ्ज बाँके रिफर गरिएको छ ।

उनको अवस्था गम्भीर छ भने बस र बसचालक र मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।