११ मंसिर २०८३, शुक्रबार

जनप्रतिनिधिले सधैँ जनताका लागि सोच्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ असोज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन सबैमा आग्रह गर्नुभएको छ ।

दशैँतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताउनुभयो ।

नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न उहाँले आह्वान पनि गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताउनुभयो ।

“जनप्रतिनिधि जनताले बनाएका हुन्”, रक्षामन्त्री पोखरेलले भन्नुभयो, “म यसप्रति गम्भीर छु । तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सीधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहल कदमी लिन्छु ।”