
भक्तपुर, ११ असोज । नगरकोट नल्दुम पर्यटन विकास समितिले नगरकोट घुम्न आउका पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
विश्व पर्यटन दिवसको अवसरमा नगरकोटको भट्टेडाँडामा ३५० जना आन्तरीक तथा बाह्य पर्यटकहरुलाई खादा, माला र साँस्कृतिक झाकीसहित सम्मान गरिएको समितिका अध्यक्ष नविन गुरुङले बताएका छन् ।
नगरकोटको पर्यटन प्रवद्र्धन गर्ने साथै पर्यटन बर्ष २०२० मा नगरकोटमा पर्यटकहरु अत्यधिक वृद्धि गर्ने उद्धेश्यले पर्यटकहरुलाई स्वागत गरिएको हो ।
स्वागत कार्यक्रमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह हुने र नगरकोटको पर्यटनमा अझ बढि सुधार हुने विश्वास गरिएको छ ।
पर्यटकहरुलाई सम्मान गर्दै समितिका अध्यक्ष गुरुङले नगरकोटमा सुर्योदय, सुर्यास्त र प्राकृतिक मनमोहकता हेर्न मात्र नभै यहाँ केही रात बढि समय बिताउन सक्नेगरी विविध सांस्कृतिक महत्व प्रस्तुत गर्ने र वातावरणीय अवस्थामा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका – ६ का वडा अध्यक्ष सन्तबहादुर वाइवा, समितिका सचिव धनबहादुर लामालगायतले पर्यटन वर्ष २०२० को उद्देश्य पुरा गर्न नगरकोटमा पर्यटन भित्र्याउने खालका योजना तयार गर्नुपर्ने बताएका छन् ।












प्रतिक्रिया