५ कार्तिक २०८३, बिहिबार

सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ११ असोज । सनराइज क्यापिटल लिमिटेडको ९ औं वार्षिक साधारण सभा असोज १० गते एलिस रिसेप्सन गैह्रिधारा, काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आ.व. २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश (४ करोड नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब एवं नगद प्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।