सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

भावनाको ‘बोल्दैन फोटो’ म्युजिक भिडियाे सार्वजनिक

दैनिक नेपाल २०७६ असोज ११ गते १३:१२

काठमाडौँ, ११ असोज । गायिका भावना आचार्यको ‘बोल्दैन फोटो’ बोलको नयाँ गीत सार्वजनीक भएको छ । यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको यो गीतमा उनलाई डेबिड शंकरले स्वरमा साथ दिएका छन् ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ ।

शिव बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा र अस्मिता पुरीका साथमा डेबिड र भावना स्वयम् फिचर छन् । नवराज उप्रेतीले खिचेको भिडियो गायक दुर्गेश थापाको युट्युव च्यानलमा अप्लोड गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित