
काठमाडौँ, १० असोज । नेपाली कांग्रेसले ११ जना केन्द्रीय सदस्य थप्ने भएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई ११ केद्रीय सदस्य दिने निर्णय गरेको हो ।
लोकतान्त्रिक फोरमसँग डेढ वर्षअघि समायोजन भएको थियो ।
गच्छदार समूहलाई कांग्रेसले केन्द्रीय सदस्य लगायत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला पदाधिकारी र पार्टीले गठन गर्ने विभागमा पनि स्थान दिने स्रोतले जनाएको छ ।
उपसभापति विमलेन्द्र निधिको संयोजकत्वको समायोजन समितिले गच्छदार समूहलाई कति स्थान दिने बारेमा केन्द्रीय समितिमा पेश गरेको प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो ।
स्रोतकाअनुसार गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य, दुई सय महासमिति सदस्य र छ सय महाधिवेशन प्रतिनिधि दिने बैठकले निर्णय गरेको बताएको छ । कांग्रेसमा ११ जना मनोनित सहित जम्मा ९६ जना केन्द्रीय सदस्य पुग्नेछन् ।











प्रतिक्रिया