११ मंसिर २०८३, शुक्रबार

मनसुनी गतिविधि बढ्यो, कम्तिमा एकसाता मौसम सफा नहुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज । देशभर मनसुनी गतिविधि सक्रिय भएपछि आजदेखि पानी पर्ने क्रम अझैँ बढ्ने भएको छ ।

मनसुनी गतिविधि हिजो अस्तीभन्दा अझै सक्रिय भएकाले आज देशैभरी पानी पर्ने महाशाखाका मौसमविद् वरुण पाैडेलले जानकारी दिए । उनका अनुसार अझै कम्तिमा पनि एकसाता मौसम सफा हुने सम्भावना देखिँदैन ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखा भारतको गुजरात र महाराष्ट्र आसपास रहेकाले नेपालमा पानी परिरहेको माैसमविदहरुले जनाएका छन् ।

मनसुनको अबस्था हेर्दा यस वर्ष दसैँमा झरी पर्ने सम्भावना रहेको अर्का माैसमविद समिर श्रेष्ठको भनाई छ । ‘मनसुनी गतिविधि सक्रिय रहेकाले दसैँसम्मै छ्याङ्ग उग्रिएर घाम लाग्ने सम्भावना देखिँदैन,’ श्रेष्ठले भने।

साविकअनुसार यस वर्षको मनसुनको समय अवधि दुई दिन अघि नै सकिएको छ । तर, मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसमविद्ले बताएका छन् ।

सामान्यतया नेपालमा जुन १० तारिकमा मनसुन प्रवेश गर्ने र सेप्टेम्बर २३ मा बाहिरिने गर्छ । तर, विगत केही वर्षदेखि मनसुनी गतिविधिमा फेरबदल आइरहेको छ । नेपाल लगायतका देशमा मनसुनी गतिविधि ढिलो सुरु हुने र पछिसम्म कायम रहने क्रम बढ्दै गएको मौसमविद्को भनाई छ।