१४ कार्तिक २०८३, शनिबार

सल्यानमा तरकारी बोेकेका जीप दुर्घटना, एक जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घाेराही, १० असाेज । सल्यानमा तरकारी बोेकेका जीप बिहीबार राति दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य सात जना घाइते भएका छन् ।

दुर्घटनामा कपुरकोट गाँउपालिका–४ किमिचौरका कर्मी पुनको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी पुनको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङमा उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको हो ।

कपुरकोट गाँउपालिका–४ किमिचौरबाट कपुरकोट आउँदै गरेको लु १ च ४१५३ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तरकारी बोकेको जीपमा चालकसहित ९ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार अत्याधिक लोडका कारण जीप दुर्घटनामा परेको हो । चालकलाई प्रहरीले पक्राउ गरेको छ ।