
काठमाडौँ, ९ असोज । सरकारले एसिड आक्रमणबाट घाइते भएका जेनी खड्का र मुस्कान खातुनलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठले खड्का र खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
यसैगरी, मोरङ जिल्लबाट नागरिकता लिएका एकजनाको नागरिकता रद्ध गर्ने निर्णय पनि सरकारले गरेको छ । मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नागरिकता खारेज गरी उनलाई नेपाली नागरिकबाट हटाउन निर्णय भएको सररकार प्रवक्ता सूचना एवं सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
सरकारले नेपाल ट्रष्ट (पहिलो संशोधन’ नियमावली, २०७६ स्वीकृ तगर्ने निर्णय पनि गरेको छ ।
यस्तै, नेपाली नागरिक नाराणयप्रसाद अर्जल र नेपाली सेनाका महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।
हेर्नुहोस् यी हुन् सरकारका निर्णयहरु :













प्रतिक्रिया