११ मंसिर २०८३, शुक्रबार

कृषि विकास बैंकको रकम चोरी प्रकरण : ६५ लाख खातामा देखिएपछि ठेकेदार पक्राउ

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । कर्मचारीको पासवर्ड अनधिकृत रुपले प्रयोग गरी कृषि विकास बैंकको ५ करोड चोरी प्रकरणमा स्याङ्जाका निर्माण व्यावसायी रामकृष्ण भुसाललाई पक्राउ गरिएको छ ।

पक्राउ गरिएकाहरूसँगको सम्बन्धसहित उनको खातामा ६५ लाख रुपियाँ पनि फेला परेका कारण अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

स्याङ्जा वालिङका भुसालको खातामा कृषि विकास बैंकको लहान शाखाबाट ६५ लाख रुपैंया पठाइएको भेटिएको छ । भारतमा रहेको एजेन्टको प्रतिनिधि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ, बयानपछि बाँकी विषय खुल्ने जनाइएको छ ।