
काठमाडौँ, ९ असोज । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।
नेकपाको वैदेशिक मामिला विभाग प्रमुख समेत रहेका नेपालसँग आज बिहान उनकै निवास कोटेश्व पुगेर राजदूत बेरीले भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल–अमेरिका सम्बन्धको लामो इतिहासको स्मरण गर्दै विकसित पछिल्ला घटनाक्रमहरु, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको संभावनाहरु तथा दुई देश बीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको छ ।
आजको भेटवार्ताले दुइ देश बीचको कुटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने विश्वास लिइएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जनाएका छन् ।











प्रतिक्रिया