११ मंसिर २०८३, शुक्रबार

रामचन्द्र पाैडेलको आरोप : सिद्धान्तको टुंगो नभएकाहरु नेपालमा ‘सी’ पथ परीक्षण गर्न लागे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ९ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तको अझै टुंगो नलागेको आरोप लगाएका छन् ।

दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले स्थापनाकाल देखि नै सिद्धान्तमा कन्फ्युज भएका कम्युनिष्टहरुले माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ जनताको जनवाद के के भन्दै अहिले सी पथमा जाने तयारी गरिरहेको आरोप लगाए ।

पौडेलले भने– ‘कम्युनिष्टहरु हिजोसम्म माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ जनताको जनवाद के के हुँदै अहिले सी पथमा पुगेका छन् । समाजवाद उन्मुख राज्य भन्दै हिडेका छन कम्युनिष्टहरु तर,  नेपालको समाजवाद के हो भन्ने सक्दैनन् । केहिले के कहिले के भनेर छलछाम गर्दै हिडेका छन् ।’

उनले कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण मुलुकलाई अगाडि बढाउन नसकेको बताए ।

वरिष्ठ नेता पौडेलले कांग्रेस सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गर्ने अनि त्यही मञ्चबाट कांग्रेसलाई गाली गर्ने भन्दा कम्युनिष्ट नेताहरुले केहि काम गर्न नसकेको बताए ।

उनले भने– ‘सरकार बनेको यतिसमयसम्म पनि केहि काम गर्न सकेको छैन । अहिलेसम्म जनताले हत्या, बलत्कार, हिंसा भ्रष्टाचार भन्दा केहि पाएका छैनन् । कम्युनिष्टले जनतालाई दिएको उपहार यीनै हुन् ।’

पौडेलले नयाँ परियोजना सुरु गर्दा सरकारमा भएका मान्छेहरुले कमिशनको भाग खोज्न थालेको बताए । उनले भने– ‘देशका विकास योजनाको कम्युनिष्टहरुले कमिशनको भाग खोजेका छन् । यसले गर्दा देशका जनतामा निराशा छाएको छ ।’

कम्युनिष्ट नेताहरु फेरि अर्को आन्दोलन आवश्यक भएको बताउदै हिड्न थालेका भन्दै यो अर्कोे मुर्खता मात्रै हुने पौडेलल बताए ।