११ मंसिर २०८३, शुक्रबार

कांग्रेसमा नेपाल हिन्दू राष्ट्र बनाउनुपर्ने माग अर्को महाधिवेशनमा अझ बलियोगरी आउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने माग अझ बलियोगरी आउने बताएका छन् ।

रामेछापको मन्थलीमा विहीबार प्रेस युनियनले गरेको पत्रकार भेटका क्रममा ‘गएको महासमिति बैठकमा ८ सय प्रतिनिधिले हस्ताक्षर गरी राखेको माग अझ बलियोगरी आउने’ कोइरालाको दाबी थियो ।

पार्टीभित्र घात प्रतिघातको साटो एकढिक्का भए कुनै शक्तिसँग कांग्रेस पराजित हुनु नपर्ने बताएका उनले त्यसका लागि कार्यकर्ता पंक्तिबाट पनि दबाब हुनुपर्ने बताए ।

सरकारबारे टिप्पणी गरेका उनले कुनै नयाँ योजना नआएको तर सपनामात्र बाँडिएको बताए ।