४ कार्तिक २०८३, बुधबार

रेखाको ‘बाटैमा रैछ घर तिम्रो’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा बोलको गीतबाट संगीत क्षेत्रमा स्थापित गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘बाटैमा रैछ घर तिम्रो…’ सार्वजनिक गरेकी छिन् ।

राजनराज शिवाकोटीको रचना तथा संगीत रहेको गीतमा उनलाई राजनराजले गायनमा पनि साथ दिएका छन् ।

गोविन्द राईको कोरियोग्राफी रहेको सो गीतमा नेपाली म्युजिक भिडियोमा अभिनयमार्फत तहल्का मच्चाइरहेकी मोडेल अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ ।

नितिन चन्दले निर्देशन गरेको सो भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन् ।

१५ वर्षको उमेरमा सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा बोलको गीत गाएर रेडियो नेपालले आयोजना गरेको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी रेखा शाहले नेपाली संगीतमा २५ वर्ष बिताइसकेकी छिन् ।

लोकगीतबाट सुरु भएको उनको यात्रा आधुनिक, पाश्चात्य, फ्युजन हुँदै गीतका विविध विधामा फैलिंदै छ । उनका आधा दर्जन गीति एल्बम प्रकाशित छन्।

दर्जनौं चर्चित गाएकी गायिका शाहले यही गीतको प्रकाशनसँगै संसारभरका नेपालीमाझमा कन्सर्ट गर्ने तयारी गरेको बताएकी छिन् ।