६ कार्तिक २०८३, शुक्रबार

भाजपाकाे आरएसएसका प्रमुख सुटुक्क काठमाडाैं आए

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ असाेज । सत्तासीन भारतीय जनता पार्टीलाई मार्गनिर्देश गर्ने संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचार प्रमुख नेपाल आएका छन् ।

नेपालको राजनीतिक क्रमशः चीनको पोल्टामा जाँदै गरेको विश्लेषण भइरहँदा आरएसएसका प्रचार प्रमुख अरुण कुमार नेपाल आएका हुन् ।

उनले बिहीबार काठमाडौंमा हुने काश्मिर मामिला र धारा ३७० बारे प्रवचन दिनेछन् । मोदी सरकारले काश्मिर मामिलामा गरेको कदमलाई अन्तर्राष्ट्रियको खासै आपत्ति भएको छैन ।

भारत खासगरी जोडिएका मुलुकभित्र सो कदमबारे सकारात्मक बुझाइ होस् भन्ने हेतुले काम गरिरहेको जानकारहरु बताउँछन् ।

नेपालको राजनीतिक परिवर्तनमा समर्थनमात्र होइन साथ र सक्रियता नै भए पनि नेपालमा भारतविरोध भावना बढ्दो छ । यो विषयलाई भारतले मनन गरेको छ । त्यसैले सम्बन्ध जनस्तरमै विकसित होस् भन्ने भारतको चाहना रहेको बताइन्छ ।

आरएसएस प्रचार विभाग प्रमुख अरुणकुमार नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनले यहाँ रहँदा त्यसखालका भेटघाट पनि गर्ने कार्यक्रम रहेको छ ।