५ कार्तिक २०८३, बिहिबार

नक्सालमा सुजुकीको विश्वस्तरीय शोरुम शुभारम्भ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ असोज । सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले हालै काठमाडैंको नक्सालमा आधिकारिक शोरुमको शुभारम्भ गरेको छ ।

शोरुमको समद्घाटन किन्जी साइतो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका अध्यक्ष् तथा प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका थिए । हालै सञ्चालनमा ल्याइएको शोरुम ४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको छ । यस शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ ।

अन्तर्राष्ट्रिय शुजुकी ब्राण्डको निर्देशन अनुरुप निर्माण गरिएको यस शोरुममा सहजै आवत जावत गर्न, अवलोकन गर्न सकिन्छ । यस शोरुममा हालै बजारमा ल्याइएका स्मार्ट हाइब्रिड गाडीका रेन्जहरु SCROSS, Ciaz, Ertiga,  तथा XL6  उपलब्ध छन् ।

“ग्राहक एवं कम्पनी बीचको सम्बन्धलाई अझै मजबुत बनाउने उद्देश्य सहित शुभारम्भ गरिएएको यो सुजुकीको ३७ औं आउटलेट हो । यहाँबाट सेल्स, सर्भिस र स्पेयरपार्ट सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवा प्रदान गर्ने कुरा” सिजि मोटोकर्पका विजिनेस शाखा प्रमुख सिरज पन्तले बताए ।

“ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रमुख ध्येयको रुपमा लिँदै आएको सिजि मोटोकर्पले स्थापना गरेको नक्सालस्थित आउटलेटमा उपलब्ध भएका अत्याधुनिक सुविधाहरुले सेल्स तथा सेल्स सम्बन्धी चरणको एक नयाँ अध्याय स्थापना गर्ने विश्वास लिइएको” कुरा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले उल्लेख गरे ।

नेपालमा सुजुकीको ३७ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी प्रमाणित पार्टस् आउटलेटहरु रहेको छन् । यी स्थानहरुबाट हालै बजारमा उपलब्ध भएका स्मार्ट हाइब्रिड रेन्ज लगायत वृहत् उत्पादनहरु उपलब्ध रहेका छन् ।