
कपिलवस्तु, ८ असोज । वडा प्रहरी कार्यलय चन्दौटाले २ वर्ष यता हराएका १५ थान मोवाईल गत एक हप्ता भित्र फेला पारेको छ । शिवराज नगरपालिका तथा आसपास क्षेत्रका स्थानीयहको विभिन्न समयमा हराएका मोवाईल प्रहरी टोली फेला परेको हो ।
मोवाईल हराएपछि प्रहरी कार्यलयमा निवेदन दिएकाहरुको मावाईल आइ एम ई आई कोड मार्फत पत्ता लगाई कपिलवस्तु, रुपन्देही दाङ लगायत अन्य क्षेत्र वाट वरामद गरिएको प्रहरी निरिक्षक मोतिलाल योञ्जनले बताए ।
शिवराज नगरपालिका ५ चन्द्रौटाका लंक हमालको पकडीमा, प्रभुनाथ कुर्मीको पिपरीमा, राम बहादुर भण्डारीको शिवराज ५ चन्द्रौटमा, घरश्याम बेल्वासेको कुशहवामा, वालकिशन चौधरीको दाङमा, बिरेन्द्र चौकरीको सैनामैना, मसव खानको बिसनपुरमा, विशाल सुवेदीको पनि विसनपुरमा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै सिता थारुको शिवराज नगरपालिका ६ मा, रवि चौधरीको वुद्धभुमी नगरपालिका ४ मा, रामसेवक लोनियाको चितवन, विष्णुमाया चौधरीको, विरपुर, शान्ता बाकवालको शिवपुर, राम वहादुर रोकाको वाणगंगा नगरपालिका ८ मा र राजु चौहानको दाङ गढवा फेला परेको हो ।
विगत एक वर्ष पहिले मोवाईल हराएको र प्रहरीकोमा खोजिदिन निवेदन दिएपछी अहिले फेला परेको स्थानिय लंक हमालले बताए । मोवाईल हराउदा धेरै नम्वर तथा अति आवश्यक सामाग्रीहरु नभएकोले आफुलाई धेरै समस्या भएको उनले जनाए ।
शिवराज नगरपालिका ५ बस्ने घनश्याम बेल्वासेले मोवाइल हराएपछी आफुले खोज्न धेरै प्रयास गरेको भएपनि भट्टाउन नसकेको वताए । “मोवाईल हराएपछी प्रहरीकोमा निवदेन दिए, केहि दिनमै भेटिएको खवर आयो खुसी लाग्यो” बेल्वासेले भने ।
मोवाईल भेट्टाएर सिम फाल्ने र मोवाईल प्रयोग गर्ने गरेको पाइएको प्रहरी निरिक्षक योञ्जनले वताए । वुधवार प्रहरी कार्यलयमै एक कार्यक्रम आयोजना गरी निरिक्षक योञ्जनले हस्तानतरण गरे । मोवाईल हराएमा तुरुन्त प्रहरी कार्यलयमा जानकारी दिन समेत उनले अपिल गरे ।
हराएको मोवाईलको आइ एम ई आई कोड भएमा प्रहरी सजिलै पत्ता लगाउन सक्ने समेत उनले जनाए । सवै मोवाइल प्रयोगकर्ताहरुले आफ्नो मोवाइलको आइ एम ई आई कोड ८३ण्ट३ डाईल गरि आउने कोड राख्नुपर्ने सुझाव दिए ।











प्रतिक्रिया