११ मंसिर २०८३, शुक्रबार

पेस्तोलसहित ४ जना नियन्त्रणमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डौँ, ८ असोज । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रहरी टोलीले पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले असोज ८ गते विहान साढे ११ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।

काठममाण्डौँ महानगरपालिका ९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरेको छ ।

निजहरूको साथबाट प्रहरीले पेस्तोल १ थान, म्यागजिन १ थान र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।