१५ कार्तिक २०८३, आइतबार

साप्ताहिक अभियान अन्तर्गत गोदावरी खोलाको नियमित सरसफाई

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ललितपुर, ८ असोज । महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियान अन्तर्गत आज वुधबार ठैबमा रहेको दसघरको प्रकाशेश्वर महादेव मन्दिर र त्यसको वरिपरिको सरसफाई एवं घर दैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

निरन्तर सरसफाईमा संलग्न अभियानकी अभियन्ता रन्जिता श्रेष्ठले नेपाल सम्पूर्ण नेलालीहरुको साझा घर भएकोले घरलाई सुरक्षित र स्वस्थ राख्नु सबै नागरिकको कर्तव्यलाई शिरोपर गर्दै नियमित सरसफाईकार्यमा लागेको बताइन् ।

धार्मिक हिसाबले पनि हाम्रो देशको एकदमै उच्च महत्व रहेकाले भ्याएसम्म गोदावरी क्षेत्रका मठ–मन्दिरहरु र खोलाको सरसफाई गर्दै आएको उनले बताइन् ।

आजको सरसफाई अभियानमा नेपाल रेडक्रस सोसाइटी ठैब उपशाखा, निरा गृहिणी समाजकी निरा तिमल्सिना, छोरीको लागि छोरी अभियानका बुबा श्याम थापा, समाजसेवी शोभा गिरी लगायतको सहभगिता रहेको थियो ।

सरसफाई अभियानका अभियन्ताहरु मञ्जु भट्टराई, लक्ष्मी सिक्देल, रन्जिता श्रेष्ठ खत्रीे, तारा खड्का, पिङ्कि खनाल समेतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

सरसफाई अभियानकी अभियान्ता लक्ष्मी सिक्देलको जन्मदिन पनि आज नै परेकोले उहाँको जन्मदिनको अवसरमा गोदावरीमा अवस्थित मन्दिर परिसरमा वृक्षारोपण गरि आजको सरसफाई कार्यक्रम सम्पन्न भएको अभियन्ता रन्जिता श्रेष्ठले बताइन् ।