
काठमाडौँ, ८ असोज । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट चाइनिज पिस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर कटारीका भीम सुर्खेती र सिन्धुलीका भीमबहादुर माझी छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट ६ राउण्ड गोली र दुई थान म्यागजिन बरामद गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।
प्रहरीले उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान शुरु गरेको छ ।











प्रतिक्रिया