
काठमाडौँ, ८ असोज । कृषि विकास बैंकबाट रकम चोरी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।
अनुसन्धानका क्रममा रहेको प्रहरीले काठमाडौंको न्युरोडमा सुन पसल गरी बस्ने सन्भाकर पञ्जावलाई बुधबार दिउँसो पसलबाटै पक्राउ गरेको हो ।
ह्याकरले उनको खातामा पैसा ट्रान्सफर गरेको र सन्भाकरले विभिन्न व्यक्तिलाई रकम दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले शंकाष्पद ११ जनालाई पक्राउ गरिसकेको छ ।
कृषि विकास बैंकका तीन वटा शाखाका कम्प्युटर सिस्टम ह्याक गरेर मंगलबार राति डेढ करोड बढी रकम लुटिएको थियो ।
यो पनि पढ्नुहोस् :
–बैंक ह्याक प्रकरण : कृषि विकास बैंकका कर्मचारीकै संलग्नता रहेको आशंका
–कृषि विकास बैंककाे २ कराेड ह्याक गरी लुटियाे











प्रतिक्रिया