११ मंसिर २०८३, शुक्रबार

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ स्वदेश फिर्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको निमन्त्रणामा नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ स्वदेश फिर्ता भएका छन् ।

सोङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्कुल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले विदाई गरेका छन् । विदाई कार्यक्रममा चिनियाँ राजदूत यान्छी पनि सहभागी थिइन्।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा यही असोज ६ र ७ गते काठमाडौंमा ‘विचारधारात्मक छलफल’ कार्यक्रम भएको थियो । यसैका लागि  नेता सोङ सोमबार काठमाडौँ आइपुगेका थिए ।

अन्तरक्रिया कार्यक्रममा भाग लिन चिनियाँ कम्युनिस्ट पार्टीका सोङसहित ४० सदस्यीय टोली नेपाल आएको थियो ।

छलफलसँगै नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच आपसी सम्बन्धलाई अझ मजबुत आधार प्रदान गर्न संयुक्त सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।

नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सहमति पत्रका हस्ताक्षर गरेका थिए ।